चीनलाई काउण्टर गर्न नेपाललगायतका छिमेकीसंग समुधुर सम्बन्ध बनाउनुपर्छ : मोहन भागवत


काठमाण्डु – राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का प्रमुख मोहन भागवत चीनले भारतमाथी अतिक्रमण गरेको भन्दै चीनमाथी खनिएका छन् । भागवतले चीनले भारतको भुमि अतिक्रमण गरिरहेको र त्यो विश्वलाई समेत जानकारी भएको बताएका छन् ।

आरएसएसले भारतको नागपुरमा आयोजना गरेको दशहरा कार्यक्रममा सम्बोधन गर्दै उनले भारतिय सेनाको अटुट देशभक्ति र वीरता,शासनकर्ताको स्वाभिमान र भारतिय जनताको दुर्दम्य नीति र धैर्य परिचय चीनलाई पहिलो पटक मिलेको दावी गरे ।

उनले चीनको विस्तारवादी नीतिको सिकार सवै मुलुकहरु भएको आरोप लगाए । भारतिय जनता पार्टीको निती निर्माणमा प्रभाव पार्ने आरएसएस प्रमुख भागवतले चीन अमेरिका,भियतनाम,ताइवान,जापान र भारतसंग लडिरहेको र भारतको प्रतिक्रियाबाट भने चीनलाई पहिलो पटक जवाफ मिलेको दावी गरे ।

उनले चीनसंगको जुन परिस्थिती छ त्यसमा सजग हुनुपर्ने धारणा राखे । भागवतले चीनलाई चुनौती दिन म्यानमार,बंगलादेश, श्रीलंका र नेपाललगायतका छिमेकी मुलुकहरुसंगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

भागवतले भनेका छन् ‘म्यानमार, बंगलादेश, श्रीलंका र नेपाल हाम्रा मित्र पनि हुन् । र धेरै कुरामा हामी जस्तै पनि छन् । उनिहरुसंगको सम्बन्ध अधिक मित्रवत बनाउनको लागी हामीले गति अलि तिव्र बनाउनुपर्छ ।’

भाजपाको नीति निर्माणमा एकदमै प्रभाव राख्ने आरएसएस अध्यक्ष भागवतको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ । हालका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित मोदी नेतृत्वका सरकारका केही मन्त्रीहरुको पृष्ठभूमि पनि विगतमा आरएसएसमा काम गरेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement