मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-इंग्ल्यान्डका एक दिवसीय तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् ।

इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी–२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ । इंग्ल्यान्डले अष्ट्रेलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका ३७ वर्षीय स्पिन अलराउन्डर अलीले ६८ टेस्ट, १३८ ओडीआई र ९२ टी–२० आई खेल खेलेका छन् । तीनै संरचना क्रिकेटमा उनले ८ शतक, २८ अर्धशतक, ६६७८ रन र ३६६ विकेट लिएका छन् ।

जुन २७ मा टी–२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध उनको करिअरको अन्तिम खेल रह्यो । टेस्टमा उनका ५ शतक छन् । सन् २०१६ मा श्रीलंकाविरुद्ध १५५ रन उनको टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

सन् २०२२ को टी–२० खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध १६ बलमा अर्धशतक प्रहार गरेका थिए । जुन टी–२० आईमा इंग्ल्यान्डबाट सर्वाधिक छिटो अर्धशतक हो ।