सोमबार सुनचाँदीको भाउ घट्यो


काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो आइतबार ९ सय रुपैयाँले घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको थियो । केही दिनयता लगातार बढेको सुनको मूल्य हिजो र आज भने केही घटेको छ ।

चाँदीको मूल्य पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement