मौद्रिक नीति शुक्रबार ल्याउने तयारी, ४/१२ को नीति संशोधन गर्ने सम्भावना


काठमाण्डु -नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने भएको छ । बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरेर शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।

अहिले अर्थमन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री देउवाले आफैसंग राखेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने बताएका छन् ।

बालुवाटारमा गभर्नर अधिकारीसहित अर्थसचिव मधु मरासिनी समेत भएर बिहिवार छलफल गर्ने तयारी छ । त्यसै दिन संचालक समितिको बैठक बसेर शुक्रबार सार्वजनिक गर्ने गरी छलफल भइरहेको स्रोत बताउंछ । राष्ट्र बैंकले मौद्रिक नीतिको ड्राफ्ट तयारी गरिसकेको छ । तर, प्रधानमन्त्रीसंगको छलफलपछी मात्रै नीति सार्वजनिक हुने भएकाले केही बुदाहरु भने परिवर्तन हुन सक्ने बताइएको छ ।

शेयर लगानीकर्ताले हटाउन माग गर्दै आएको ४ /१२ को नीति संशोधन गर्ने तयारी भएको स्रोत बताउंछ । शेयर बजारमा नरम नीति लिन प्रधानमन्त्रीले यसअघि नै सुझाव दिइसकेका छन् । त्यसैगरी पुनरकर्जा सुविधा समेत बन्द गर्ने सम्भावना छ । यस पटकको मौद्रिक नीतिमा घरजग्गामा हुने लगानीलाई निरुत्साहन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement