समाचार

चन्द्रमा लगातार खुम्चिँदै गएको नासाको दाबी

एजेन्सी – अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ ।

Dish Home

नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन्, जसका कारण मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा पनि चाउरी परेको छ ।

नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमबार प्रकाशित रिपोर्टमा दिएको हो ।

तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनाएको छ । चन्द्रमाका विशाल बेसिनहरूमध्ये एक मारे फ्रिगोरिसलाई भूवैज्ञानिक दृष्टिकोणले मृत स्थल मानिन्छ ।

चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो ।

यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ । प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ । ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ ।

चन्द्रमामा रहेका लाखौं बेसिनमध्ये मारे फ्रिगोरिस भूवैज्ञानिक दृष्टिले एक मृतस्थल मानिन्छ । पृथ्वीमा जस्तो चन्द्रमामा कुनै भौगर्भिक प्लेट छैनन् । तथापि चन्द्रमामा भूकम्पीय गतिविधिहरु भएका कारण वैज्ञानिकहरु आश्चर्य चकित छन् ।

वैज्ञानिकहरुका अनुसार उर्जा दहन हुने प्रक्रियामा साढे ४ अर्ब वर्ष पहिले चन्द्रमामा यस्तो गतिविधि भएको थियो । जसका कारण चन्द्रमाको सतह दरारयुक्त छ । त्यस प्रक्रियामा चन्द्रमामा भूकम्प पनि आउँछ ।

स्मरण रहोस् चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । मेरिल्यान्ड विश्वविद्यालयका भूगर्भवैज्ञानिक निकोलस चेमरका अनुसार चन्द्रमामा लाखौँ वर्ष पहिले भएको भौगर्भिक गतिविधि अहिले पनि जारी छ । सबैभन्दा पहिले सन् १०६० तथा १९७० को दशकमा अपोलो अन्तरीक्षयात्रीहरुले चन्द्रमामा भूकम्पीय गतिविधिको मापन सुरु गरेका थिए ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top