काठमाण्डु– जिल्ला कारागार मोरङमा सोमबार बिहान तनाव उत्पन्न भएको छ । सुरक्षा निकायले चलाएको ‘सर्च’ अप्रेसनलाई लिएर कैदीबन्दीहरूको विरोध र नाराबाजी गरेका हुन् ।
विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरू प्रशासनको विरोध गर्दै आन्दोलन गरेका हुन् ।
सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालसहितको जिल्ला सुरक्षा समितिको टोलीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरेको थियो ।
कैदीबन्दी कारागारभित्र मुढा बनाउन राखिएका टायर छतमा लगेर बालेका थिए भने तोडफोडसमेत गरेका थिए ।
प्रशासनले बारम्बार दुस्ख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन् ।
केही शङ्कास्पद कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भएतापनि कैदीबन्दीहरूको चर्को विरोध र अवरोधका कारण यो प्रक्रिया तत्कालका लागि रोकिएको छ।




प्रतिक्रिया