मोर्डनाले तोक्यो कोरोना भ्याक्सिनको मूल्य


एजेन्सी – अमेरिकी भ्याक्सिन निर्माता कम्पनी ‘मोडर्ना’ले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्धको खोपको मूल्यबारे पहिलोपटक जानकारी दिएको छ ।

‘मोर्डना’ले कोरोना भाइरसविरुद्धको एक खोपको मूल्य २५ देखि ३७ डलर पर्ने बताएको छ । तर यसको मूल्य मागमा भर पर्ने कम्पनीका प्रमुख कार्यकारी स्टिफिन बेन्सेलले जर्मन साप्ताहिक वेल्ट एम् सोन्ट्यागलाई बताएका छन् ।

१६ नोभेम्बरमा एक युरोपियन आयोगका अधिकारीले भनेका थिए, ‘हामीले लाखौं मोडर्ना डोज खोपका लागि कम्पनीसँग सम्झौता गरेका छौं ।’ तर बेन्सिलले यससम्बन्धी कुनै सम्झौता भने नभएको बताएका छन् । साथै उनले यो खोपको तयारी भने अहिलेको आवश्यकता भएको बताएको बताउका छन् ।

उनले भनेका छन्, ‘हामी यो खोप पूरै युरोपमा पठाउन चाहन्छौं, यसका लागि छलफल चलिरहेको छ ।’ ‘मोडर्ना’ले तयार गरेको भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको पाइएको दाबी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement