पुर्व आईजिपी मोतिलाल बोहराले पाए भ्रष्टाचार मुद्दामा सफाई


काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रहरी प्रमुख (पूर्वआईजीपी) मोतीलाल बोहोरालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ ।

बिहिबार न्यायाधीश सारदा प्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।

विशेषले उनलाई २०६८ सालको चैतमा सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो ।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीसहितको इजलासले २६ लाख ८२ हजार बिगो बमोजिम जरिवाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।

२०६९ सालमा विशेषको फैसलाविरूद्ध बोहोराले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सोही पुनरावेदनमाथि फैसला गर्दै सर्वोच्चले उनलाई सफाइ दिएको हो ।

सरकारी ओहोदामा रहँदा २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरूद्ध १४ वर्ष अघि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement