पार्किङमा राखिएका मोटरसाइकलमा आगजनी


जनकपुर – धनुषामा पार्किङ गरेर राखिएका ९ वटा मोटरसाइकलमा आगजनी भएको छ । जनकनन्दनी गाउँपालिका वडा नं. ३ महुवामा पार्किङ गरेर राखेको ९ वटा मोटरसाइकल र ३ वटा साइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले बिहीवार (आज) विहान अन्दाजी ३ः३० बजेको समयमा पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।

सो आगलागीमा जनकन्दिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ । सो घटनामा ५ ओटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरी निरीक्षक थापाले बताए । यता जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement