‘लालीबजार’ को मुद्दामा केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश

‘लालीबजार’ को मुद्दामा केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच सेन्सर सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

२२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ । यसबारे भोलि पेसी तोकिने र बुधबार फाइल आएपछि छलफल हुने सूचना अधिकारी कोइरालाले बताए ।

यसअघि अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । १८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।