काठमाण्डु–प्रहरीले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।
काठमाण्डुको सिफलबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ ।
सीआईबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बीमा ऐन–२०७९ र धितोपत्र ऐन–२०६३ अन्तर्गत कारबाहीका लागि रिमाललाई पक्राउ गरिएको बताए ।
गैरकानूनी सेयर कारोबार र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्धामा रिमाल पनि जोडिएका थिए ।
भट्टसँगै रिमालविरुद्ध जिल्ला अदालत काठमाण्डुमा २८ चैतमा मुद्धा दायर भएको थियो ।
रिमाल त्यसअघि नै फरार भइसकेका थिए । रिमाललाई बिहीबारै अदालतमा उपस्थित गराइएको छ ।




प्रतिक्रिया