मुख्यमन्त्री राउत भन्छन् -हाम्रो पार्टीको सिंहदरबार कब्जा गर्ने हैसियत छ


काठमाडौं – प्रदेश नम्बर-२ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताएका छन् । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभालाई सम्बोधन गर्दै पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको मुख्यमन्त्री राउतले बताए ।

पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उनले दाबी गरे । कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उनले चुनौती दिए ।

अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उनले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement