मुख्यमन्त्री पौडेल र चीनको गान्सु प्रान्तका गभर्नरबीच भेटवार्ता


काठमाडौं – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियनबीच भेटवार्ता भएको छ ।

गभर्नर रेन्जियनको निमन्त्रणामा पाँच दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुगेका मुख्यमन्त्री पौडेल र गभर्नरबीच बिहीबार साँझ भएको भेटवार्तामा दुई प्रदेशबीच विभिन्न विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न आग्रह गरे । उनले चीन र नेपालबीच धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा पनि नेपाललाई सँगै लैजान लगानी भित्र्याउन ३ नम्बर प्रदेश तयार रहेको धारणा राखे ।

प्रदेश ३ ले लिएको विद्युतीय सवारी प्राथमिकताको विषयमा पनि गान्सु प्रान्तले चासो देखाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

चीनको गान्सुमा पनि ९० प्रतिशत सवारी साधन विद्युतीय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमा पनि १० वर्षभित्र लागू गर्न सकिने बताए ।

छलफलका क्रममा गभर्नर रेन्जियाङले ३ नम्बर प्रदेशमा लगानीसहित आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement