छुरा प्रहार गरी श्रीमतीकाे हत्या


काठमाण्डु –आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती
खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, निलकण्ठ नगरपालिका-१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा राजुले गुरुङलाई धारीलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement