भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ


भक्तपुर – भाइको हत्या गरेको अभियोगमा शुक्रबार राति दाजु पक्राउ परेका छन् । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्‍याङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका-२ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ हाे ।

खिलाले भर्‍याङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement