‘तारेभिरमा बुकी’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाण्डु – गायक धिरेन कुमार रोकायाको म्युजिक भिडियो ‘तारेभिरमा बुकी’ सार्वजनिक गरेका छन् । हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका बझाङका नव गायक रोकायाको यो म्युजिक भिडियो पहिलो हो ।

धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको उक्त गितका शब्द सुमन श्रापितले लेखेका हुन् । बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको अभिनय छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । माधव श्रेष्ठ सह–निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement