सत्ता हातमा लिएपछि पहिलो पटक विदेश भ्रमणमा जांदै म्यान्मारका सेना प्रमुख


काठमाण्डु-  म्यान्मारका सेना प्रमुख जनरल मिन अङ लाइङ पहिलो पटक विदेशमा भ्रमणमा इन्डोनसिया जांदैछन्। म्यानमारमा सेनाले शासन हातमा लिएपछिको यो उनको पहिलो विदेश भ्रमण हो । बीबीसीले आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि उनी शनिबार इन्डोनेसियाको जाकार्ता जान लागेको जनाएको छ ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले धांधली गरेर चुनावमा बहुमत प्राप्त गरेको आरोप लगाएको थियो । त्यसपछि सुची,राष्ट्रपति विन मिन्टसहित देशका उच्च तहका नेताहरुलाई सेनाले नजरबन्दमा राखेको थियो । गत फ्रेबअरी १ देखी म्यानमारमा सैनिक शासन लागु भएको छ । सेनाले एक वर्षसम्म संकटकालको घोषणा गरेको छ । सेनाले शासन हातमा लिएपछि अमेरिका,बेलायतलगायतका मुलुकहरुले विरोध जनाएका थिए भने चीनले सैनिक शासक सहयोग गरीरहेको छ ।

म्यानमारमा सेनाले शासन हातमा लिएदेखी नै प्रर्दशन भइरहेको छ । प्रदर्शनका क्रममा ७ सय भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाईते भएका छन् । सेनाले निष्पक्ष चुनाव गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement