शान्ति सेनामा योगदान गर्ने मुलुकको सुचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल


काठमाण्डु -नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सुचिमा तेस्रो स्थानमा पर्न सफल भएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लव पौडेलले राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सुचिमा नेपाल तेस्रो स्थानमा पुगेको जानकारी दिए ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाका ५ हजार ६ सय ८६ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ अहिले विभिन्न देशमा खटिरहेका छन् । यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो ।

शान्ति सेना योगदान गर्ने मुलुकको सुचीमा पहिलोमा वंगलादेश,दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल,चौथोमा रुवान्डा, पांचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

नेपाली सेनाले १० हजारसम्म फौंज शान्ति सेनामा पठाउन सक्ने जनाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement