काठमाण्डु- नबिल बैंकले भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ ।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन इ–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो ।
काठमाण्डुस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका थिए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले डिजिटल बैंकिङ सेवामा नवीनता र नवप्रवर्तनलाई निरन्तरता दिन थप प्रेरणा मिलेको बताए ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।
बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।
बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया