नबिलको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, ४० प्रतिशतसम्म लाभांश बाड्ने सक्ने क्षमता


काठमाण्डु – नेपाल बङगलादेशलाई आफुमा गाभेको नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । नविलले सार्वजनिक गरेको विवरणअनुसार बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।

बैंकले यसअघि ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो ।

बैंकको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसअघि ३३ प्रतिशत लाभांश बांडेको नविलले यो हिसाबले ४० प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement