भारतीय राजदूतले भेटे प्रधानसेनापति शर्मा


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत श्रीवास्तवले शुक्रबार सेनाको मुख्यालय पुगेर प्रधानसेनापति शर्मासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटर्वातामा दुवै पक्षको आपसी हितका लागि शिष्टाचार छलफल भएको थियो । त्यस्तै पारस्परिक सम्बन्धका लागि समेत छलफल भएकोसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर सम्बन्ध एवम प्रगाढ बनाउन थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement