नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित


काठमाण्डु –  भारतले नेपालका लागि नयाँ भारतीय राजदूतका लागि नवीन श्रीवास्तवलाई प्रस्तावित गरेको छ । चीन विज्ञका रूपमा परिचित कूटनीतिज्ञ श्रीवास्तवको नाममा भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयसँग सहमति मागेको हो ।

काठमाण्डुस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालय स्रोतले पनि श्रीवास्तव नयाँ राजदूतको रुपमा आउन लागेको उल्लेख गरेको छ । श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement