कोरोना भाइसको संक्रमणबाट सशस्त्र प्रहरीका सईको निधन


काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ । सई नगेन्द्र खड्काको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले प्रेसर सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको जानकारी दिए । दैलेख घर भएका सई खड्का अर्घाखाँची गुल्ममा कार्यरत रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement