नेपाली सेनाका प्रवक्ता नैनराज दाहाल शान्ति सेनाको ‘सेक्टर कमाण्डर’, सुडानमा खटिदै


काठमाडौं– नेपाली सेनाका प्रवक्ता, सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति सेना, दक्षिण सुडानको सेक्टर कमाण्डमा चयन भएका छन्।

 

 

 

१५ दिनपछि सुडानमा रहेको चार सेक्टरमध्ये एक सेक्टरको नेतृत्व गर्न सहायकरथी दाहाल त्यसतर्फ जादैछन्।

 

 

 

 

ती चार सेक्टरमा नेपाल, बंगलादेश चीनका गरी १७ हजार सेना तथा अन्य सुरक्षा निकाय छन्।

 

 

 

 

दाहाल उपरथीको लाइनमा रहेका थिए।

 

 

 

विश्व शान्तिमा महत्वपूर्ण योगदान पुर्याउदै आएका नेपाल उत्कृष्ट छैटौंमा छ। तर, हालसम्म नेपालबाट फोर्स कमाण्डर छैन।

 

 

यसअघि नेपाली सेनाले फोर्स कमाण्डर र डेपुटी कमाण्डरको अवसर पाएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement