‘राष्ट्रिय जनावर बदली गर’ भन्दै सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन !


काठमाडौँ – राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरीले जानकारी दिए ।

नागिंनेलाई के कारवाही हुन्छ ?

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

नयाँ ऐनको १२२ ९१० मा भनिएको छ  ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’

जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ अहिले नै भन्न सकिँदैन ।

तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ । प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तर्गत कारवाही चलाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement