त्रिकोणात्मक टी-२० सिरिज : नामिबियाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाण्डु – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी बाहिर छन्। यस्तै विवेक यादव लगातार दोस्रो खेलमा टिममा अटाएनन्। खेलका लागि अनिल साह, आरिफ शेख र अभिनास बोहरा टिममा फर्किएका छन्। अनिल र आरिफले सिरिजमा पहिलो पटक खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement