केन्द्रीय समितिको बैठकमा नारायणकाजीले भने- दोषी पार्टीकै भएपनि छाडिन्न


काठमाण्डु- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले अहिले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष श्रेष्ठ छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि छुट नहुने बताएका हुन् । उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारका फाइल खोलेको बताए ।

त्यस्तै श्रेष्ठले सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । सुन प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा र उपमहासचिव वर्षमान पुनको पनि नाम जोडिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement