अस्पतालबाट भागेका कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा


पर्सा – वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमित पक्राउ परेका छन् ।

अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसपी गंगा पन्तले एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको बताइन् ।

दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement