नेपालीलाई शाहसी भन्दै नरेन्द्र मोदीले गरे प्रशंसा


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारतले हर सम्भव प्रयास गरेको बताएका छन् । प्रधानमन्त्री मोदीले कनेक्टिभिटीका कारण भारत र नेपालकोबीच सम्बन्ध राम्रो हुने विश्वास लिएका छन् ।

मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत भन्सार चौकी (आईसीपी)को भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारत–नेपालले रेल र टान्मिससको क्षेत्रमा काम गर्ने बताएका छन् ।

‘नेपालको विकासका लागि भारतले हर सम्भव प्रयास गरेको छ । कनेक्टिभिटीका कारण भारत र नेपालकोबीच सम्बन्ध राम्रो हुनेछ’, सम्बोधनका क्रममा मोदीले भने, ‘भारतले छिमेकी पहिलो नीतिलाई प्राथमिकता दिएको छ । कनेक्टिभीटीले देश मात्रै नभएर पुरै क्षेत्रलाई प्रेरकको काम गर्नेछ । भारत र नेपालले रेल र टान्मिससको क्षेत्रमा काम गर्नेछन् । भारतको रक्सोल र जोगबनीमा आगामी वर्षहरुमा यस किसिमका प्रविधिका विकास गरिने छ ।’

प्रधानमन्त्री मोदीले व्यापार संस्कृती शिक्षा सबै क्षेत्रको विकासका लागि कनेक्टिभिटीले सहयोग गर्ने बताएका छन् । उनले नेपालीको साहसका साथ पुननिर्माणमा नेपालको साथ रहेको भन्दै गर्व महशुस भएको बताए ।

‘नेपालीको साहसका साथ पुननिर्माणमा नेपालको साथ रह्यो । गोरखा र नुवाकोटमा घरको पुनर्निर्माणको राम्रो अवस्था देखेर गर्व महशुस भएको छ’, उनले भने, ‘भारत–नेपाल सहयोगमा ५० हजार घरको निर्माण भइसकेको छ । र बाँकी घरको पनि निर्माण गरिने छ । यो चाँडै नै नेपालीलाई हस्तान्तरण गरिनेछ । विगत कैयौं वर्षमा भारत नेपाल सम्बन्धमा राम्रो विकास भएको छ । नयाँ वर्षमा तपाईको सहयोगले सम्बन्धमा थप विकास हुने छ । सबैलाई धेरै शुभकामना दिन्छु । धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस
Advertisement