प्रधानमन्त्री अ‍ोली र मोदीबीचको टेलिफोन वार्ताबारे जानकारी छैन्: भारतीय विदेश मन्त्रालय


नयाँदिल्ली – भारतीय विदेश मन्त्रालयले नेपाल र भारतीय प्रधानमन्त्रीबीचको टेलिफोनवार्ताबारे अनभिज्ञता प्रकट गरेको छ ।

शुक्रबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीद्वय नरेन्द्र मोदी र केपी शर्मा ओलीबीचको टेलिफोनवार्ताबारे आफूहरुलाई कुनै जानकारी नै नभएको बताए ।

अगस्ट १५ मा भारतीय स्वतन्त्रता विदसको अवसरमा हुने भनिएको टेलिफोन वार्ता आफूहरुलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिए ।

‘अहिले हामीलाई यसविषयमा जानकारी छैन्,’ प्रवक्ता श्रीवास्तवले भने ।

नेपालले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि भारत नेपालसाग चिढिँदै आएको छ । भारतले कालापानीमा आफ्ना सैनिक खडा गरेको छ । नेपालले कालापानीबाट सेना फिर्ता गर्न भारतलाई पटकपटक पत्र पठाएपनि भारतले त्यसलाई वेवास्ता गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement