मोदीका लागि ४१ जना सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी, राइफल र विशेष कमाण्डो काठमाडौं ल्याइयो


काठमाडाैँ- बैशाख २८ गते नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका लागि २ वटा बुलेट प्रुफ कारसहित ५९ जना भारतीय सुरक्षाकर्मी नेपाल अाएका छन् । उनीहरू सहित सुरक्षा सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडाैँ अवतरण गरेको हाे ।

दुवै गाडी बुलेटप्रुफ हुन्। एउटा गाडी जनकपुर पठाउने तयारी छ भने अर्काे गाडी मोदीले काठमाडौंमा प्रयोग गर्नेछन्। जनकपुरमा मन्दिरदेखि बाह्रबिघासम्म मोदी सोही गाडीमा जानेछन्। बाह्रबिघामा उनको नागरिक अभिनन्दनको तयारी भइरहेको छ ।

सुरक्षा स्रोतका अनुसार मोदी सुरक्षाका लागि नेपाल आएका सुरक्षाकर्मीले सानो तर आधुनिक र शक्तिशाली यी हतियार मोदीको सुरक्षामा प्रयोग भएर भारत नै फिर्ता जानेछन्।

उनको सुरक्षामा जनकपुरमा मात्रै ७ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका अधिकारी तथा मोदीको नजिकको घेरामा भारतीय सुरक्षाकर्मी रहने गरी पाँच घेराको सुरक्षा योजना बनेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement