मुख्यमन्त्रीका दाबेदार भण्डारी शक्तिशाली मन्त्री बन्ने


सुर्खेत– नेकपा माओवादी केन्द्रले ६ नम्बर प्रदेशमा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने निर्णय गरेको छ । प्रदेशको मुख्यमन्त्रीका दावेदार रहेका भण्डारीलाई महत्वपूर्ण मन्त्रालय दिने माओवादीको तयारी छ । पुर्व सांसद समेत रहेका भण्डारी चर्चित युवा नेता हुन् । उनले मुख्यमन्त्रीमा आफ्नो नाम नपरेपनि राजनैतिक संस्कार देखाएको भन्दै देशभर प्रशंसा भएको थियो । जुम्लाबाट प्रदेशसभामा जितेका भण्डारी पुर्व सांसद समेत हुन ।

त्यसका साथै रुकुमबाट विजयी भएकी सांसद केसीलाई पनि मन्त्री बनाउने निर्णय माओवादीले गरेको छ । उनि नेता जनार्दन शर्माकी बुहारी समेत हुन । माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रवार मुख्यमन्त्रीको सपथ लिएपनि मन्त्रिपरिषद भने गठन हुन् सकेको छैन् ।

मन्त्रिमण्डल गठनबारे छलफल गर्न माओवादी केन्द्रका नेता एंवम् प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत सुर्खेतमा छन् । बस्नेतले नै भण्डारी र केसीलाई मन्त्री बनाउने निर्णय गरेका हुन । माओवादी र एमालेबीच प्रदेशमा तीन एमालेले र मुख्यमन्त्रीसहित दुई माओवादीले मन्त्रालय लिने सहमती भएको छ ।

आईतबार दुवै दलका मन्त्रीहरुले सपथ लिने गरी छलफल अघि बढेको माओवादी स्रोतले जानकारी दियो । माओवादीले भण्डारी र केसीलाई मन्त्री बनाउने निर्णय गरेपनि मन्त्रालय कुन लिने भन्नेबारे भने सहमती भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement