मैले जिते गोरखामा विकासको लहर आउछं : नारायणकाजी श्रेष्ठ


पालुङटार– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पुसभित्र वामपन्थीको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ ।

 

 

 

 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति गोरखाले पालुङटारको ठाटिपोखरीमा आयोजना गरेको सयुक्त प्रदेश स्तरिय शिक्षक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बहुमतको सरकारसंगै राजनीतिक स्थिरता र विकासका लागि वाम गठबन्धनलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

 

 

 

 श्रेष्ठले संगठनको हिसाबले गोरखामा माओवादी बलियो भएको र गठबन्धनले झन् हामी बलियो भएको कारण उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

 

 

 

सम्बोधनका क्रममा नेता श्रेष्ठले डाक्टर बाबुराम भट्टराईलाई इंगित गर्दै नयां शक्ति नामको पुरानो विचार भएका व्यक्तिलाई जिताएर केही फाइदा नहुने बताउनुभयो ।

 

 

 

‘राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन, शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समृद्धि हासिल गर्ने, सामाजिक न्याय हासिल गर्ने हाम्रो स्पष्ट राजनीतिक लाइन छ । लाइन मात्रै भएर हुदैन, यसको कार्यान्वयन गर्ने हैसियत हामीसंग मात्रै छ ।’ श्रेष्ठले कार्यक्रममा भन्नुभयो ।

 

 

बाम गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठले आफुले जिते गोरखा २ का मतदाताले विकासको नया लहरको अनुभूति गर्न पाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

 

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार कमला नहर्की, नेकपा माओवादी केन्द्र गोरखा इन्चार्ज चुडामणि खड्का, नेकपा एमाले गोरखाका पुर्व अध्यक्ष बाबुराम थापा लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement