बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी : नारायणकाजी


पालुङटार– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी भएको आरोप लगाएका छन्।

 

 

गोरखाको पालुङटारमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी छाडेदेखि नेता भट्टराई पटक–पटक अवसरको खोजीमा भौँतारिएको टिप्पणी गरे।

 

 

श्रेष्ठ र भट्टराई गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।

 

आफ्नो बिचार र अडानमा अडिग नरहने भट्टराईले इतिहास भुलेको श्रेष्ठले बताए।

 

माओवादीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिष्ट सिद्धान्तनै छोडेर गएका भट्टराई संघीय समाजवादी फोरमले समेत नपत्याएपछि बाम गठबन्धनमा आएको भन्दै श्रेष्ठले त्यसपछि अहिले फेरि काँग्रेसको समर्थनमा चुनाव लड्न लागेको बताए।

 

 

‘हामीले प्रधानमन्त्री बनाइसकेपछि कम्युनिष्ट, माक्र्सवाद केही चाहिँदैन भनेर हिँड्नुभो, त्यसपछि नयाँ शक्ति खोलेपनि खासै उपलब्धी नदेखेपछि उपेन्द्र यादवसँग पार्टी एकताको प्रस्ताव गर्नुभो, श्रेष्ठले भने, ‘त्यो सफल नभएपछि फेरि हामीसँगै बाम एकतामा जान्छु भनेर आउनुभो र काँग्रेसको जरै उखेलियो भनेर भाषण पनि गर्नुभो, त्यसको ४ दिनपछि फेरि काँग्रेससँग नै मिलेर चुनावमा आउनुभएको छ।’

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement