राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक माग (सूचनासहित)


काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको पदमा दरखास्त आह्वान गरेको छ। गृह मन्त्रालय अन्तर्गतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ५२ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

विभागले अनुसन्धान अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनु पर्ने र २१ वर्ष पुरा भई २५ वर्ष नकटेको योग्याता चाहिन्छ। तर महिलाको लागि भने ३० वर्ष नकटेको हुनुपर्ने छ। अधिकृतमा ३० जना माग गरिएको छ।

त्यस्तै २२ जना माग गरिएको अनुसन्धान साहयकको लागि भने प्रमाणपत्र तह उत्तिर्ण भएको हुनुपर्ने छ। उमेर पुरुषको लागि १८ वर्ष पुरा भई २५ नकटेको महिलाको लागि १८ पुरा भई ३० नकटेको हुनुपर्ने छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement