राष्ट्रियसभा बैठक आज बस्दै,अवरोध गर्ने प्रतिपक्षी दलको अडान कायमै


काठमाण्डु – राष्ट्रियसभा बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

यसअघि बुधबार दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement