प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित


काठमाण्डु – प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुखले प्रस्तुत गरेको उक्त विधेयक बहुमत सांसदहरूले समर्थन गरेका हुन्। विधेयक पारित भएसँगै सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार २० गते अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement