नाउपामा विवाद चर्किंदै, संसदीय दलका नेता चौधरी ३ महिनाका लागि निलम्बित


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बित गरिएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चौधरीलाई ३ महिनाका लागि निलम्बित गरिएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरिएको छ ।

नेता चौधरीलाई निलम्बन गरिएको जानकारी पत्र अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पठाइसकेका छन् । यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई दल नेता बनाएकी छन् ।

नाउपा अध्यक्ष रञ्जिता र उनका पति संरक्षक रेशम चौधरीबीचको विवाद बढेर सांसदमाथि कारवाहीको तहसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement