प्रधानमन्त्रीविरुद्धको अभिव्यक्तिको संसदमा यसरी प्रतिवाद गरे सिलवालले 


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले स्थानीय तहले लिइरहेको करमा प्रधानमन्त्रीको नाम जोडिएकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले स्थानीय तहले लिइरहेको करको सन्दर्भलाई प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थसँग जोडिएको भन्दै आपत्ति जनाएका हुन्।

‘हिजो एक जना माननियज्यूले प्रधानमन्त्रीको नाम नै लिएर उहाँले व्यक्तिगत फाइदाका लागि बढी कर उठाउन प्रेरित गरिरहनु भएको छ भन्ने ढंगले उठाउनुभयो। कहिँ पोलिटिकल डोस्कोर्सबाट डिभेट पो हुँदैछौं कि भन्ने खाले अवस्था सृजना भएको छ।’

जसले गर्दा लोकतन्त्र र संघीयतालाई बदनाम गर्न यस्ता अभियान सञ्चालन भइरहेका छन् कि भन्ने आफूलाई लागेको उनले बताए। सांसद सिलवालले करको विषयमा केही स्थानीय तहमा समस्या भएपनि सरकारले समिति गठन गरेर अगाडि बढेको बताए।

करको हल्ला प्रायोजित र लोकतन्त्र एवं संघियतामा चोट पर्ने ढंगले आएको छ:  नवराज सिलवाल

प्रतिक्रिया दिनुहोस
Advertisement