माओवादी केन्द्र र नयां शक्तिबीच पार्टी एकताबारे गोप्य छलफल


काठमाडौं– माओवादी केन्द्र र नयां शक्ति पार्टीबीच पार्टी एकता गर्ने विषयमा छलफल सूरु भएको छ ।  माओवादी केन्द्र छोडेर नयां शक्ति गठन गरेका पुर्व प्रधानमन्त्री बावुराम भट्टराई पार्टी एकताको लागी छलफलमा जुटेको स्रोतको दाबी छ ।

 

नयां शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराई निकट स्रोतकाअनुसार माओवादी केन्द्रसंग एकिकरण गर्न कार्यकर्ताले चर्को दबाव दिएपछि उनले पार्टी एकताका लागी छलफल सुरु गरेका छन् ।
 

 

पोखरामा गत पुस २० मा सम्पन्न भएको नयां शक्तिको महाधिवेशन आयोजक समितिको बैठकमा कार्यकर्ताले बाम गठवन्धनमा सहभागी हुनुपर्ने भन्दै नेतृत्वलाई दबाव दिएका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड र नयां शक्तिका संयोजक भट्टराईबीच पार्टी एकताको विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

 

नयां शक्तिका अधिकांश नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि भट्टराई समेत पार्टी एकिकरण गर्ने मुडमा पुगेको स्रोतको दाबी छ । नयां शक्तिका नेताहरु देवेन्द्र पौडेल,मुक्ति प्रधान,पासाङ शेर्पालगायत एक दर्जन नेताहरु चुनावअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  प्रचण्डले भट्टराईसंग वार्ता गर्नको लागी माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनलाई जिम्मा दिएका छन् ।

 

 

पुनले पार्टी एकताको विषयमा भट्टराईसंग उनकै निवास बालुवाटार पुगेर छलफल गरिसकेका छन् । पुनसंगै पुर्व सभामुख ओनसरी घर्ति समेत भट्टराई निवास पुगेको स्रोतको दाबी छ । माओवादी नेता पुनले भट्टराईसंग राजनितिक विषय र पार्टी एकताको विषयमा सामान्य छलफल भएको बताए ।

 

नयां शक्ति पार्टीका नेता देवेन्द्र पराजुलीले भने माओवादी केन्द्रसंग तत्काल एकता सम्भव नभएको बताए । ‘माओवादी केन्द्रसंग मात्र होईन सुशासन र सदाचारको मुद्दा उठाउने, समाजवादी व्यवस्थातर्फ अघि बढ्ने जो कोहि दलसंग एकता हुनसक्छ,तर अहिलेकै अवस्थामा एकता हुदैन  ।’ पराजुलीले काठमाडौंपाटीसंग भने ।

 

नेता पराजुलीले राजनितिक स्थिरता र विकासको मुद्दामा सहमती हुने हो भने एकता गर्नको लागी कुनै समस्या नहुने बताए ।  

प्रतिक्रिया दिनुहोस
Advertisement