देउवाले आफ्ना गुटकालाई मात्रै टिकट बाडेको भन्दै कांग्रेसमा चरम असन्तुष्टि


बाजुरा– प्रतिनिधि सभा र प्रदेश सभाको टिकट वितरणको विषयलाई लिएर काँग्रेस बाजुरा भित्र व्यापक असन्तुष्टि चुलिएको छ । प्रत्यक्षदेखि समानुपातिक तर्फको टिकट बाँडफाँटमा एकलौटी गरेकोमा पौडेल र सिटौला पक्षधर कार्यकर्ताले खुलेरै विरोध गरेका छन् ।

 

 

 

संस्थापन पक्षको नाममा आफ्नाना भनिएका व्यक्तिहरुलाई सूचीमा समावेश गरेको र बर्षौदेखि पार्टी संगठन निर्माणमा खटिएका व्यक्तिलाई किनारा लगाएको कार्यकर्ताको आरोप छ । प्रतिनिधि सभा तर्फ कांग्रेसले समानुपातिकमा विद्यादेवी तिमिल्सेनालाई सूचीमा राखेको छ ।

 

 

 

तिमिल्सेनाको मतदाता नामावली बाजुरामा भएपनि हाल कालिकोटको बासिन्दा हुन् । उनको दाजु डा. अंगराज तिमिल्सेनाको दबाब र पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्देशनमा बाजुराको कोटाबाट नाम सूचीमा राखेको आरोप कार्यकर्ताको छ । महासमिति सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य जुना दानीलाई फरक गुट भएकै कारण उपेक्षा गरेको एक नेताले बताए ।

 

 

गुटकै कारणले नेतृत्वले पेल्न खोजेपनि कार्यकर्ताले त्यसको परिणाम देखाई दिने नाम नबताउने सर्तमा जिल्ला कार्य समिति सदस्य समेत रहेका ती नेताले बताए । काँग्रेसले प्रतिनिधि सभातर्फ देउवा पक्षका कविराज पण्डित र प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ देउवा पक्षकै पदमबहादुर शाहीले टिकट पाएका छन् । प्रदेश (क) मा कसैको दाबी नपरेपछि सिटौला पक्षधर जनकराज गिरी सर्वसम्मत भएका थिए ।

 

 

 

पूर्व भूमिसुधार सहायक मन्त्री गिरीको सर्वसम्मत नाम पठाएकोमा देउवा क्याम्पमा ठूलो बहस चलेको श्रोतको दाबी छ । अरुको नाम पनि पठाइदिएको भए हुन्थ्यो नि ? किन जनक गिरीको नाम मात्र पठाएको ? पूर्व मन्त्री समेत रहेका देउवा पक्षका एक नेताले बालुवाटरमै आक्रोशीत हुदै अभिव्यक्ति दिएको ती नेताले बताए ।

 

 

 

२०७० सालको निर्वाचनमा काँग्रेसलाई हराउनकै लागि माओवादी केन्द्र प्रवेश गरेका पदमबहादुर शाहीलाई गुटकै कारण टिकट दिएको भन्दै २५ वर्ष काँग्रेसको पार्टी सभापति भएका मनबहादुर रावलले पार्टी छोडेका छन् । भने असन्तुष्ट कार्यकर्ताको जमाथ बाक्लीदै गएको छ ।

 

 

 

 

समानुपातिक तर्फको सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा झनै अन्तुष्टी देखिएको छ । काँग्रेससँग नजिक कानुन व्यवसायी हर्क खडायतले काँग्रेसले बाजुरालाई पटक पटक ठगेको सामाजिक सञ्जालबाट गुनासो गरेका छन् । कांग्रेसका नेता केपी रेग्मीले पार्टी सभापति शेरबहादुर देउवालाई सदाका लागि बहिष्कार गर्नु पर्ने स्टाटस पोष्ट गरे ।

 

 

 

देउवालाइ बहिष्कार नगेसम्म बाजुरेली असली कांग्रेसीहरु अवसरबाट वञ्चित भन्दै आक्रोश पोखे । प्रतिनिधि सभाको टिकट नपाएपछि काँग्रेसका विद्यार्थी देखि युवा नेताहरुले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको खुलेरै विरोध गरेका छन् । देउवाले पार्टी नभई गुट चलाएको र आफू पक्षधर बाहेकलाई वाई गरेकोमा उनीहरुको आरोप छ ।

 

 

प्रतिनिधि सभामा काँग्रेस भित्रकै चर्चित पात्र केन्द्रीय सदस्य बद्री पाण्डेलाई पाखा लगाएर जिल्ला पार्टी सभापति कविराज पण्डितलाई टिकट दिएका छन् । तर पार्टी जिल्ला सचिव दीपक शाहले टिकट पाएका र नपाएका मध्ये सबैको भूमिका र योग्यता एकैनाशको भएकोले गुटको कुरा जोड्न राम्रो नहुने बताए । केहीले असन्तुष्टि राख्नुमा अन्यथा लिन नहुने बताए । आजको नयांपत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement