सड्कदेखी सदनसम्म संघर्ष गर्ने कांग्रेसको तयारी


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाइको आडमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सरिक बैठकले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले न्यायालयमा हस्तक्षेप गरेको निष्कर्ष समेत निकालेको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई शुक्रबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि उत्पन्न विषयबारे धारणा बनाउन सभापति देउवाले बैठक राखेका हुन् । कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको थियो ।

कांग्रेसको बैठकमा दिपकराज जोशी प्रधानन्यायाधीश हुने वा नहुने भन्दा पनि सरकारले तरिका गलत अपनाएको भन्दै अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

ओली नेतृत्वको सरकारले प्रक्रिया मिचेर दुई तिहाइका दम्भले गरेका निर्णयविरुद्ध सडकदेखि संसदसम्म आवाज उठाउने निर्णय समेत कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement