समानुपातिक सांसद छान्न प्रधानमन्त्री निवासमा बस्यो कांग्रेसको केन्द्रिय समिती बैठक


काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बालुवाटारमा सुरु भएको छ । पार्टीको तर्फबाट प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको नामावली टुंगो लगाउन कांग्रेस केन्द्रिय समितिको बैठक जारी छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम टुंगो लगाउने बताए । उनकाअनुसार आजको बैठक त्यसैमा केन्द्रित रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा र सरकारले राष्ट्रिय सभामा सिफारिस गर्ने ३ जना सदस्यको विषयमा समेत छलफल भइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

कँंग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ ४० जना सांसद पाएको छ । राष्ट्रिय सभामा वरिष्ट नेता रामचन्द्र पौडेल,विमलेन्द्र निधी र प्रधानमन्त्री पत्नी आरजू राणालाई सिफारीस गर्ने सभापति देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement