बाढीपीडितका लागि चेम्बरमार्फत २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग प्राप्त

बाढीपीडितका लागि चेम्बरमार्फत २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फूड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।

फूड इम्पायरले सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदान गरेको हो ।

हालैको बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रमा चेम्बरमार्फत आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले फूड इम्पायर होल्डिङ्सले सहयोग गरेको हो । चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रूपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले फूड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले आर्कस ग्रूपसँग समन्वय गरी नेपाल चेम्बरमार्फत सहयोग गरेको जानकारी दिए ।

श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सबाट प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

‘फूड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशुली क्षेत्रमा खाद्यन्न र लत्ताकपडा, सेनेटरी प्याड लगायतका राहत वितरण गरिएको छ,’ उनले भने । प्राप्त सहयोगबाट पहिलो चरणमा करिब ३ लाख बराबर सामग्री वितरण गरिएको छ ।

बाढी प्रभावित मागको आधारमा अझै २७ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइने उनले बताए ।