काठमाण्डु– नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको ग्राहकको स्वीकृतिबिनै सेवा तथा प्याकवाफत लिएको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
एनसेलले ग्राहकको स्वीकृति बिनै गेमलफ्ट,हुवावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याक स्वतः नवीकरण गरेको र प्रयोगकताले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार सार्वजनिक भएको थियो । प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले एक अर्ब ११ करोड रुपैयां फिर्ता गर्न एनसेललाई निर्देशन दिएको हो ।
एनसेलले २०७५ असोज १५ गतेदेखी २०७७ जेठ १६ गतेसम्म स्वतः नवीकरण गरेर ठगी गर्दै आएको पाइएको छ । प्राधिकरणले एनसेलसंग दुई पटक स्पष्टिकरण सोधेको थियो । तर, एनसेलले भने अटो रिन्यु नगरेको र पूर्व स्वीकृति लिने गरेको दावी गरेको थियो ।
प्रँधिकरणले गरेको अनुसन्धानमा भने एनसेलको दावी सत्य नभएको ठहर गरिएको छ । प्राधिकरणले २०७७ जेठ १८ पछि गरिएको स्वतः नवीकरण विवरण पेश गर्न १५ दिनको सयम दिइनुका साथै दूरसञ्चार ऐन २०५३ विपरीत कार्य गरेकाले एनसेललाई ५० हजार जरिवाना समेत गरिएको छ ।
प्राधिकरणको निर्णयमा भनिएको छ ‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ ।
यस्तो छ दूरसञ्चार प्राधिकरणको छानविनको निष्कर्श-
प्रतिक्रिया