नेकपा नेता नेपाल र चिनियां राजदूतबीच भेट,के भयो कुराकानी ?


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढिरहेका बेला नेपालका लागी चिनियां राजदूतले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसंग भेटवार्ता गरेकी छन् । नेपाल निवास कोटेश्वरमा आइतवार सांझा भएको भेटवार्तामा चिनियां राजदूत हो यान्छीले नेकपाभित्रको विवादबारे चांसो राखेको स्रोतको दावी छ । उनले नेकपामा नेपालसहित धेरै अनुभवी नेताहरु रहेको भन्दै विवाद समाधान हुनेमा विश्वास व्यक्त गरेकी थिईन् ।

भेटमा नेता नेपाल र राजदूत यान्छीबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो । यसअघि चिनियां राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसंग समेत भेटवार्ता गरेकी थिईन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान राखेपछि नेकपाभित्र विवाद बढिरहेका बेला चिनियां राजदूतले नेता नेपाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement