नेदरल्यान्ड्सले दियो नेपाललाई १९० रनको लक्ष्य


काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानको प्ले अफमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो । नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।

नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको महत्वपूर्ण विकेट लिए । नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् । सातौं विकेटको रुपमा सन्दीपले टिम गुप्टेनलाई १ रनमा नै आउट गराए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन ओभर फाले उनले ४१ रन दिए । पाँचौ विकेटको रुपमा नेपालका ललित राजवंशीले रोयलफ मिरवीलाई २५ रनमा र छैटौं विकेटको रुपमा स्कर्ट एडवासलाई पनि २५ रनमा नै आउट गरेका हुन् ।

१० ओभर नै बलिङ गरेका ललितले पनि १ मेडन ओभर फाल्दै २ विकेट लिएर ३८ रन खर्चे । ८ ओभर बलिङ गरेका शक्ति गौचनले १ विकेट लिएर ३६ रन दिए । ६ ओभर बलिङ गरेका करण केसीले १ मेडन ओभर फालेर २८ रन दिए । ६ ओभर नै बलिङ गरेका कप्तान पारस खडकाले १ मेडन ओभर बलिङ गरेर १२ रन दिए । नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement