चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड

चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको छ ।

कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको समाचारमा भनिएको छ, नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो ।

तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो ।

समाचारमा उल्लेख भएअनुसार, शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन ९भित्ररबाहिर०, फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।