हिमांशलाई नेहाले भनिन्ः चर्चित हुन मन छ भने आफ्नो कामबाट बन मेरो नामबाट होइन


एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्कड र हिमांश कोहलीको प्रेम सम्बन्धमा ब्रेक लागेको करिब १४ महिना बितिसकेको छ । तर उनीहरुबीचको सम्बन्धमा पुनः तनाव देखिएको छ ।

हिमांश कोहलीले हालै नेहासँगको ब्रेकअपबारे मुख खोलेका छन् । उनले उक्त ब्रेकअपपछि उनलाई संसारले नै भिलेनका रुपमा हेरेको बताएका छन् ।

‘कसैले पनि वास्तविकता के थियो भनेर जान्न चाहँदैनथ्यो र म भिलेन बनेको थिएँ । यसले मलाई निकै तनावमा पारेको थियो । मैले केही पनि भनेको थिइनँ र मानिसहरुले आ–आफ्नो निष्कर्ष निकाल्न थालेका थिए, उसले भनेको कुरालाई आधार बनाएर,’ हिमांशले भनेका थिए ।

हिमांशको उक्त बयानपछि नेहाले भने आफ्नो इन्स्टाग्राममा एउटा लामो पोस्ट सेयर गर्दै निकै घुमाउरो शैलीमा हिमांशमाथि उनको इमेज खराब गरेको आरोप लगाएकी छिन् ।

नेहाले लेखेकी छन्, ‘जसले मेरा बारे नराम्रो भनिरहेका छन्, उनीहरु झुटा हुन् र मेरो सफलता देखेर डाहा गरिरहेका छन् । उनीहरुलाई मेरो नाम लिएर मिडियामा आउनु छ । पहिला पनि यस्तै गरिएको थियो । मेरो पछाडि पनि यस्तै गरियो । यदि चर्चित हुन मन छ भने आफ्नो कामबाट बन मेरो नामबाट होइन ।’

हाले हिमांशको पूरा परिवारकै पर्दाफास गर्न सक्ने बताउँदै लेखेकी छन्, ‘यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने म तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि सार्वजनिक गरिदिनेछु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

प्रतिक्रिया दिनुहोस
Advertisement