भेनेजुयलाबारे नेकपाको अडान कायमै, भन्यो–अमेरिकी हस्तक्षेप अस्वीकार्य


काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको भन्दै अगाडन कायमै राखेको छ।

भनेजुयलामा अमेरिकी हस्तक्षप भएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गरेकोमा परराष्ट्र मन्त्रालयले पनि ‘निर्णय लिने अधिकार त्यहाँका नागरिकमा हुने र बाह्य हस्तक्षप स्वीकार्य नहुने’ भन्दै विज्ञप्ति जारी गरेको थियो।

तर, सो कदमले नेपाल–अमेरिकाबीचको सम्बन्धमा चिसोपन शुरु भएको भन्दै प्रतिपक्षी कांग्रेसहितले भनिरहँदा नेकपा सचिवालयको बैठकले त्यसमा कुनै पनि भ्रम नराख्न र त्यससम्बन्धी विषयलाई लिएर गलत प्रचार नगर्न भनेको हो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुप नै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए । बैठकले आफ्नो पार्टीको विदेश नीति र सम्बन्धमा कुनै अन्यौल र दुविधा नभएको पनि स्पष्ट पारेको छ ।

‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ । हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ’, उनले भने, ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement